काठमाडौं ०२ माघ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज–भोलिमा मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा छन् । त्यसका लागि आज उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बैठक आज बेलुकी ५ बजे बस्न लागेको समिती सदस्य एवं अर्थमन्त्री विष्णु पौडेलले बताए । गत पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएर २६ गते संसद्मा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

बेलुकी ५ बजे बस्ने ७ दलको बैठकले मन्त्रिमण्डलको भागबण्डा टुँगो लगाउने भएको छ। मन्त्रालय भागबण्डामा कुरा मिलेपनि सभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनबारे भने प्रधानमन्त्री प्रचण्डले रहस्यमयी मौनता साँधेका छन् ।

यसले पनि सत्ता गठबन्धनमा रहेका दलहरुबीच अविश्वास पैदा भएको छ । भोलि सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक हुँदैछ । यही माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here