काठमाडौं १९ भदौ ।। राप्रपाका सांसद राजेन्द्र लिङदेनले संसद पदबाट राजीनामाको घोषणा गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै राप्रपा अध्यक्ष समेत रहेका लिङदेनले चुनाव घोषणा भैसकेपछि संसद चलिराख्नु उपयुक्त नभएको भन्दै राजीनामाको घोषणा गरेका हुन् ।

संसदको आयु मंसिर ४ गते पछि पनि निरन्तर राख्ने भन्ने निर्णय प्रक्रिया भएका छन् त्यसले मलाई असाध्यै लज्जित, दुखित तुल्यायो’, लिङदेनले भने, ‘यहीबाट घोषणा गर्न चाहान्छु कि आजबाट यहाँ संसदको रुपमा उपस्थित नहुनेमात्रै होइन, मेरो नाममा आउने तलवभत्ता समेत रोकियोस् । मेरो अन्तरआत्माको निर्देशन अनुसार सबै चीज त्याग गर्न उपस्थित भएको छु ।

उनले संसदको ५ वर्षे कार्यकालमा संसदमा पार्टीको एक्लो सदस्यका रुपमा उपस्थित हुँदा पनि अन्य माननीयहरुबाट पाएको स्नेह सम्झिरहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here