जनकपुरधाम १५ भदौ ।। मधेश प्रदेशको जिल्लाहरुबाट सशस्त्र प्रहरीको टोलीले एक महिनाको अवधिमा करोडौंको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डीआईजी गणेश ठाडा मगरको बिशेष निर्देशनमा आठवटै जिल्लाबाट छुट्टाछुट्टै गस्ती टोलीले करोडौंको अवैध सामान बरामद गरेको हो ।

गत साउन मसान्तमा ४ करोड ५२ लाख ४३५ रुपैयाँ बराबरको भारतबाट अवैधरूपमा भित्र्याइएको कपडा, किराना, हार्डवेयर लगायत सामान बरामद गरि आवश्यक कार्वाहीको लागि संबन्धित निकायको जिम्मा लगाइएको डीआईजी मगरले जानकारी दिए ।

यसैगरी १ करोड ८४ लाख, ६५ हजार बराबरको तस्करी लगायत विभिन्न अवैध काममा प्रयोग भएको ६७ थान सवारीसाधन सशस्त्र प्रहरीले बरामद गरेको छ ।

स्रोत नखुलेको १७ लाख,८२५ रुपैया बरामद गर्नुका साथै विभिन्न गैरकानुनी काममा लागेका १९ जनालाई पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याएको सशस्त्र प्रहरी नेपाल छिनमस्ता बाहिनी बर्दिबासले जनाएको छ ।

त्यस्तै ६ लाख ६१ हजारको चौपाया,८ लाख १६ हजार बराबरको अवैध काठ,बरामद गर्नुका साथै ५५ सय थान विभिन्न प्रकारको लागुऔषध,७६० किलोग्राम गांजा बरामद गरेको छ ।

साउन मसान्तमा ५ जना चेलीबेटी उद्वार,८६ पटक संयुक्त गस्ती,९ पटक समकक्षी बैठक र १८ पटक लिंक गस्ती भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here