काठमाडौं ०९ भदौ ।। सत्ता गठबन्धनको बैठकले निर्वाचनमा तालमेल लागि सबै निर्वाचन क्षेत्रको अवस्थाका बारेमा प्रतिवेदन बुझाउन मातहतको कार्यदललाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकले १६५ निर्वाचन क्षेत्रको अवस्थामा बारेमा प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिइएको कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

अब कार्यदल बसेर सवै निर्वाचन क्षेत्रको अवस्थामा बारेमा भएको छलफलको प्रतिवेदन तयार गरि शिर्ष तहमा बुझाइने उनले बताए । कार्यदलले सिट बाँडफाटमा दलहरुले गरेको दावी समेत शीर्ष तहलाई बुझाइने तयारी गरेको छ । कार्कीले छिट्टै सिट बाँडफाँटको बिषय टुङ्गोमा पुग्ने दावी गरे ।

यसअघि सिट बाँडफाट बिषयमा कार्यदलमा सहमति जुटाउन नसकेपछि शिर्ष तहमा नै छलफल भएको थियो । तर शिर्ष तहमा पनि सिट बाँडफाँटमा कुरा नमिलेपछि पुन कार्यदललाई नै प्रतिवेदन तयार गर्न निर्देशन दिइएको नेताहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here