धनुषा १७ साउन ।। धनुषामा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मिथिलाविहारी नगरपालिका ६ तारापट्टी बस्ने अन्दाजी २७ वर्षीय प्रविण यादवलाई पक्राउ गरेको हो ।

सोमबार विशेष सुचनाको अधारमा गएको प्रहरी टोलीले जनकपुरधाम उप-महानगरपालिका ५ देवानपोखरी स्थितमा ज.१० प. ३१३ नम्बरको मोटरसाइकलमा आउँदै गरेको यादवमाथि शंका लागेपछि चेकजाँच गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनको साथबाट प्रतिबन्धित लागूऔषध नाईट्रोभेट ट्याबलेट ५२५ पिस बरामद भएको डीएसपी क्षेत्रीले बताए । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई लागूऔषध मुद्दामा ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here