closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

सिरहा ०८ साउन ।। सिरहामा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । घरमै साथीहरूसँग लुकामारी खेल्ने क्रममा केराबारीमा लुक्न गएका बेला गोलबजार नगरपालिका ३ जमदह भाङ्गवारीका नथुनी सदाका ६ वर्षीय छोरा अनिल सदायलाई सर्पले टोक्दा मृत्यु भएको हो ।

सर्पले डसेर सिकिस्त भएका उनलाई उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश केन्द्र पुर्याए पनि बाटोमै मृत्यु भएको बताइएको छ ।

खेलिरहेका समय सर्पले टोकेपनि बालकले थाहा नपाएका कारण उनी सिकिस्त भएपछि मात्र घरपरिवारले थाहा पाएको स्थानीय नरबहादुर थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here