काठमाडौं ०६ साउन ।। नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम कसरतमा जुटेको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अन्तिम तयारी गरिरहेको राष्ट्र बैंकले अहिले सञ्चालक समितिको बैठक डाकेर छलफल चलाइरहेको छ । बिहान ८ बजेदेखि जारी बैठक अहिले पनि जारी रहेको बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले जानकारी दिए ।

राष्ट्र बैंकको बोर्ड बैठक जारी रहेको छ । मौद्रिक नीतिका लागि जारी बैठक दिउँसो पुनः बस्नेछ । बोर्डबाट पास भएलगत्तै अपरान्ह ४ बजेतिर मौद्रिक नीति सार्वजनिक हुनेछ’ पोखरेलले भने ।

पोखरेलका अनुसार मौद्रिक नीति सार्वजनिकका लागि लाइभ (प्रत्यक्ष प्रशारण) को व्यवस्था गरिएको छ । विभिन्न टेलिभिजनमार्फत र बैंकको आधिकारिक वेबसाइट पोटलबाट समेत प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाइएको छ’ उनले जानकारी दिए ।

मौद्रिक नीति सार्वजनिक भने बोर्ड बैठकले पास गर्ने वित्तिकै हुनेछ । यसअघि गभर्नर महाप्रसाद अधिकारी बिहीबार अर्थमन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीति बारे ब्रिफिङ गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here