काठमाडौं ३० असार ।। त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउने शिक्षकलाई तीन वर्षसम्म विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाउन समेत नपाउने गरी कारबाही गरिएको छ ।

रजिष्ट्रारको कार्यलय सूचना तथा जनसम्पर्क महाशाखाले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयमा ती दुवै प्रश्नपत्र निर्माणमा सहभागी शिक्षकहरुलाई ३ वर्षसम्म विश्वविद्यालयका कुनै पनि काममा सहभागी नगराउने निर्णय गरेको हो ।

बीबीए छैटौं सेमेष्टर अन्र्तगत असार २२ गते भएको ‘एमजीटी २०३ः अर्गनाईजेशनल बिहेभियर’ अन्र्तगतको परीक्षामा नीजि कलेज ‘मोडर्न नेपाल कलेज’ को हुबहु प्रश्न र बीबीए छैटौं सेमेष्टर अन्र्तगत ‘एसओसी २०२ः नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको प्रश्नपत्रमा पाँचौ सेमेष्टरको ‘एसओसी २०१ः सोसियोलोजी फर बिजनेस’ को हुबहु प्रश्न सोधिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here