काठमाडौं २५ असार ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेसँगको सहकार्य सम्भव नभएको स्पष्ट पारेका छन् । समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द गरेको भन्दै आगामी निर्वाचनमा सहकार्य सम्भव नभएको बताएका हुन् ।

आफूहरुले एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि भएको जिकिर गर्दै उनले गलत प्रवृत्तिले गर्दा भएको हानी नोक्सानीको सबैले समीक्षा गर्नुपर्ने बताए । उनले अहिलको पाँच दलीय गठबन्धनले मुलुकलाई जोगाउने काम गरेकाले संघ र प्रदेशको निर्वाचनमा पनि सहकार्य जारी रहने धारणा राखे । निर्वाचनको मिति घोषणा भएलगत्तै सहि नीति र दृष्टिकोण बोकेर पार्टी जनतामा जाने तयारी गरेको उनले बताए ।

उनले राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखेर छिमेकी र अन्य मुलुकसँगको सम्बध विस्तार गर्नुपर्नेमा समेत जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here