काठमाडौं २४ असार ।। मन्त्रिपरिषदको बैठकले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकबाट फिर्ता लिएको सो विधेयक दर्ता गर्ने निर्णय भएको मन्त्री उमा रेग्मीले रातोपाटीलाई जानकारी दिइन् ।

मन्त्री रेग्मीका अनुसार नयाँ ल्याइने नागरिकता सम्बन्धि विधेयकमा गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकका अन्य अधिकार उपभोग गर्न पाउने गरी व्यवस्था गरिने छ । सो विधेयकमा के के कुरा संसोधन भएको बारे भने मन्त्री रेग्मीले खुलाइनन् । संसदीय समितिबाट पास भएर अन्तिम चरणमा पुगेको विधेयक सरकारले फिर्ता लिएको थियो ।

यस्तै मन्त्रिपरिषद बैठकले जापानका प्रधानमन्त्री सिन्जो आवेको निधनमा शनिवार शोक मनाउने निर्णय पनि गरेको छ । मृत्यु भएका सगरमाथा आरोही शम्भु तामाङलाई राष्ट्रिय सम्मान दिने पनि बैठकले निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here