रौतहट २३ असार ।। रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा नगर स्तरीय आप्रवासी कामदार हकहित संरक्षण केन्द्र गठन कार्यक्रम सु सम्पन्न भएको छ । वृन्दावन नगरपालिका वडा नं-६ मा अवस्थित श्री बतहु मा.वि. हर्षहाको सभा हलमा प्रदीप कुमार दासको अध्यक्षता तथा वडा सदस्य सञ्जय साहको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

त्यसै गरि वृन्दावन नगरपालिका स्थित ९ वटा वडाबाट १/१ प्रतिनिधिहरुको सहभागितामा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । वडा नं -१ बाट नबल किशोर सहनी, २ बाट कौशल कुमार पटेल,३ बाट रमेश कुमार यादव,४ बाट कमलेश यादव,५ बाट विजय दास,६ बाट प्रदीप कुमार दास,७ बाट वैजु कुमार पाल,८ बाट महम्मद आदिल र वडा नं -९ बाट नैमोदिन दर्जीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसै गरी आप्रवाशी कामदार हकहित संरक्षण केन्द्र रौतहटको तर्फबाट हरिनारायण साह प्रशिक्षण दिनु भएको थियो । वहाँले समाजमा विद्यमान रहेका समस्या वैदेशिक रोजगारीमा गएका आप्रवाशी कामदारको हकहितको लागि आवाज उठाउने संस्थाको रूपमा रहेको यस संस्थालाई सबै हामी मिली सहयोग गर्न अनुरोध समेत गर्नुभएको थियो । आजको यस नगर कमिटी गठन कार्यक्रममा अध्यक्ष पदमा प्रदीप कुमार दास,उपाध्यक्ष पदमा नैमोदिन दर्जी ,सचिव पदमा कौशल कुमार पटेल , कोषाध्यक्ष पदमा इन्दु देवी यादव ,प्रमुख सदस्य पदमा कमलेश यादव,सदस्य पदमा मों.आदील, बैंजु पाल,रमेश कुमार यादव र नबल किशोर सहनी सर्वसहमतिले चयन हुनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here