काठमाडौं १३ असार ।। नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई सुरु भएको छ। सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सरकारी वकिलहरुले बहस सुरु भएका हुन् । आईजीपी धिरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले बहस सुरु गरेका हुन् ।

आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा तेस्रो पटक सुनुवाई भइरहेको हो। यसअघि यो मुद्दामा जेठ ३० र असार ५ मा सुनुवाई भएर सोमबारका लागि हेर्दाहर्दैमा पेशी तोकिएको थियो ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

आईजीपी नियुक्ती विवाद र एआईजी बढुवा विरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिट लगाउमा राखेर सुनुवाई भइरहेको छ । एआईजी विरुद्ध परेको रिटको सुनुवाई सकिएको छ ।

आईजीपी नियुक्ती विरुद्धको रिटमा विश्वराज पोखरेल तर्फका कानुन व्यवसायीले बहस सकेपछि सोमबार सरकारी वकिल र आईजीपी धिरज प्रताप सिंह तर्फका कानुन व्यवसायीहरुले बहस गर्ने तय भएको हो ।
जेठ १७ मा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले एआईजी बढुवा विरुद्धको रिटका प्रत्यर्थी धीरज प्रताप सिंह, रविन्द्र बहादुर धानुक र बसन्त पन्तको म्याद तामेल गरेर जेठ ३० मा सुनुवाइका लागि पेश गर्न आदेश गरेका थिए ।

घनश्याम अर्याल सहित ३ जना डीआईजीले अहिलेका आईजीपी धीरज प्रताप सिंह र रविन्द्र बहादुर धानुकलाई बरियता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए । आईजीपी विवादको फैसलाबारे आम चासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here