काठमाडौं ०९ असार ।। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मुल्यवृद्धि विरुद्ध जनवर्गिय संगठनलाई आन्दोलनमा उतार्ने भएको छ । पार्टीले अस्वभाविक बढ्दै गइरहेको मुल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका विषय उठान गर्दै जनसंगठनहरुलाई सडकमा उतार्ने भएको हो ।

एमाले जनसंगठन समन्वय संयन्त्रको आज बसेको बैठकले चर्को मुल्य वृद्धिले जनतालाई समस्या भएको भन्दै सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको हो । एमालेका २२ वटा जनसंगठनका प्रमुखहरुको सहितको पार्टी कार्यालयमा बैठक बसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here