कैलाली ०५ असार ।। कैलालीको टीकापुरमा तटबन्ध निर्माणमा काम गरिरहेका एक महिला हात्तीको आक्रमणबाट एकजनाको ज्यान गुमाएको छ । टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १५ की ५० वर्षीया टंक सोडारीको ज्यान गएको हो ।

शनिबार साँझ जंगलबाट निस्केका दुई वटा हात्तीले आक्रमण गर्दा सोडारीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

कर्णाली नदी किनार सनकट्टि घाटमा तटबन्धका लागि तीन जना महिला ढुङ्गा संकलन गरिरहेको अवस्थामा एक्कासी दुई वटा हात्ती नजिकै देखेपछि दुई जना महिला भागेकाा थिए । तर सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको मारेको स्थानीयले बताएको छ ।

मृतक सोडारीको शव टीकापुर अस्पतालमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here