एजेन्सी २३ जेठ ।। तीर्थ यात्रु बोकेको बस भारतको उत्तराखण्डमा आइतबार राति खाल्डोमा खसेर दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । अन्य तीनजना गम्भीर घाइते भएका छन् । मध्यप्रदेशबाट २८ यात्रु बोकेको बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो ।

दुर्घटनापछि मुख्यमन्त्री शिवराज सिंह चौहानसहित राज्यमन्त्री बिजेन्द्र प्रताप सिंह, डीजीपी सुधीर सक्सेना, अतिरिक्त मुख्य सचिव (गृह) राजेश राजोरालगायतको टोली देहरादून प्रस्थान गरेको थियो । दुर्घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ‘आफ्ना प्रियजनहरू गुमाउनेहरू’ प्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले उत्तराखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाख भारु र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here