रौतहट १७ जेठ ।। रौतहटको दुर्गा भगवती वडा नम्वर ३ मत्सरी निवासी रहनु भएकी सांसद डा डिम्पल कुमारी झाको निधनमा राष्ट्रियसभाको आजको बैठकले शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

बैठकले उनको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै एक मिनेट मौनधारण गरेको थियो । विक्रम संवत् २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य एवं हाल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सदस्य झाको ४४ वर्षको उमेरमा गत वैशाख १० गते क्यान्सर रोगको उपचारको क्रममा निधन भएको थियो ।

रौतहटको दुर्गा भगवती वडा नम्वर ३ मत्सरी निवासी रहनु भएकी झा गजेन्द्र नारायण सिंहको विचारबाट प्रभावित भएर विद्यार्थी कल देखि राजनितिबाट यात्रा सुरु गरेर नेपालको राष्ट्रिय राजनीतिमा मधेशको मसिहाको रुपमा रहनु भएका नेताहरु मध्ये एक रौतहट क्षेत्र नम्वर १ को साँसद अनिलकुमार झाको ४४ बर्षिय श्रीमती डिम्पल झा शालिन विचारधार, प्रखर वक्ता, निर्भिक्क, भई राजनीतिक गरेकी, प्रदेश साँसदमा समानुपातिकबाट सिफारिस हुनुका साथै संविधान सभा सदस्य रहनु भएकी थिइन ।

राष्ट्रियसभाको अर्को बैठक जेठ १८ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here