रौतहट १७ जेठ ।। रौतहटको स्थानीय तहमा निर्वाचित पालिका प्रमुखले साेमबार सपथ लिएका छन् । दुई जनाले सपथ लिए सँगै जिल्लामा निर्वाचित पालिका प्रमुखहरूकाे सपथ सम्पन्न भएको छ । जिल्ला न्यायधीश एवम् मुख्य निर्वाचन अधिकृत काजी बहादुर राइले नगरपालिकाको प्रमुखमा निर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाएका हुन् ।

गौरस्थित गौर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मतगणना सम्पन्न भएको जिल्लाको स्थानीय तहमध्ये २ पालिकाका प्रमुख उपस्थित थिए । उपस्थित प्रमुखलाई सपथ गराउँदै राइले जनताको सेवामा समर्पित हुन सुझाव दिए । राैतहटमा १६ नगरपालिका र दुई गाउँपालिका रहेको छ । यस अघि नै १६ पालिकाकाे प्रमुखहरूले सपथ लिईसकेका छन् । सपथ पछि सबै पालिका प्रमुखहरूले पदभार ग्रहण गरिसकेका छन् ।

सो अवसरमा गरूडा नगरपालिकाका नगरप्रमुख कन्थमनी जयसवाल,फतुवा विजयपुर नगरपालिकाका नगरप्रमुख गाेपाल राय यादवले पद तथा गोपनियताको सपथ लिएका थिए । कार्यक्रममा विभिन्न पालिकामा खटिएका निर्वाचन अधिकृत लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here