मुस्ताङ १५ जेठ ।। सम्पर्कविहीन तारा एयरको विमान दुर्घटना भएको छ । पोखराबाट जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएर दुर्घटना भएको छ । विमान केहीबेर अघि दुर्घटनामा परेको हो । पोखराबाट जोम्सोङतर्फ उडेको विमान दुर्घटनमा परेको हो ।

मुस्ताङको घाँसामा ठूलो आबाज सुनिएको स्थानीयले बताएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि सरकारी टोली त्यसतर्फ खोजविनको लागि गएको हो ।

बिहान ९ बजेर ५५ मिनेटमा उठेको नाइन एन एईटी कलसाइनको उक्त जहाजमा १३ नेपाली, चारजना भारतीय र थप दुईजना अन्य मुलुकका यात्रु रहेको नेपाल नागरिक सवार थिए ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here