रौतहट ६ जेठ ।। रौतहट यमुनामाई गाऊपालिकामा गत बैशाख ३० गते शुक्रवारका दिन भईरहेको स्थानीय चुनवमा विवादका कारण स्थगित भएको अवस्थामा मानिसहरुको हुल लिई आई मतदान केन्द्र भित्र जवरजस्ती प्रवेश गरी मतपेटिका लुटेर भाग्न खोज्ने एकजना पक्राउ परेका छन् । रौतहटको यमुनामाई–२ स्थित श्री मावि भेडियाहीमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका खोसेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सुरक्षाकर्मीको पहुँचमा रहेको मतपेटीका लुटी लगेकोमा सुरक्षाकर्मीको टोलीले उक्त मतपेटीका नियन्त्रणमा लिने क्रममा केही राउण्ड गोली फायर गर्दा मतपेटीका छाडी भागी फरार भएका मुख्य अभियुक्त स्थानीय ४६ वर्षीय चन्देश्वर बैठालाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मतपेटिका लुटेर भाग्दै गर्दा प्रहरीले गोलि फायर गरेपछि मतपेटिका छाडेर भागेका थिए । बिहिवार उनलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

बैठालाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानुनी कारवाहीका लागि जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here