रौतहट ११ बैशाख ।। रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं – ८ डमार टोलमा अवस्थित बाँसघारीमा एक अज्ञात पुरुषको शव फेला परेको छ । घाँस काट्न गएका गाउका केही ब्यक्तिले त्यो शव देख्ने वित्तिकै प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार मृतक व्यक्तिको शव २/३ दिन पहिला देखि नै बाँसघारीमा फालेको बुझिएको छ ।

मृतकको शव हेर्दा जिउमा कालो ज्याकेट र टाउको बाँधिएको अवस्थामा फालेको देखिएको प्रहरीले बताएका छन् । मृतक व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरी स्रोतले जनाएको हो । प्रहरीले शव लाई नियन्त्रनमा लिई यो घटना शंकास्पद रहेकोले विशेष अनुसन्धान भइरहेको देवाहिँ गोनाहिँ इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख राजन नमसालले जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here