रौतहट ११ बैशाख ।। नेपालमा लोकतन्त्र संघियता आएपछि भएको पहिलो पटकको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएको जनप्रतिनिधिहरुको कार्यकाल सकिएको छ । रौतहट जिल्लामा १८ स्थानीय तहका नगर प्रमुख , उपप्रमुख ,वडा अध्यक्ष तथा वडा सदस्यहरुको साढे चार बर्षको अवधि तिता मिठा बाद विबादको विच सकिएको हो ।

रौतहटको परोहा नगरपालिकाले साढे ४ वर्षको अवधिमा विकास निर्माण तेज गतिको कार्यमा अव्वल स्थान हासिल गर्न सकेको नगर प्रमुख शेख वकिलले दावी गरेका छन् । आफ्नो अवधिमा दर्जनौ विद्यालय , वडा कार्यालय ,सामुदायिक भवन , स्वास्थ्य चौकीको भवन ,नाला , सडक निर्मण गर्न सकेका नगर प्रमुख वकिलको कार्यकाल पूर्ण रुपमा सफल भएको मानिएको छ । नगर प्रमुख र उपप्रमुख तथा वडा सदस्यहरु विचको आपसी सदभाव ,मेलमिलाप ,सहकार्यको कारण विकास निर्माणको गर्न सफलता मिलोको वकिलले बताए । मेयर वकिल ले वडा नम्बर ३,४,६,९ मा गरि १० किलो मिटर नयाँ सडक ढलान गरिएको बताएका छन् । सुकदेव चौक कालोपत्रे सडक देखि भारतीय सिमाना सम्म नगर पालिका र सडक डिभिजन कार्यालयको सहयोगमा निर्माण गरिएको कालोपत्रे सडक उदाहरणको रुपमा रहेको छ । सडकको दुवै छेउमा लगाइएको विभिन्न जातका रुख बाटोको सौन्दर्यता झल्काई राखेको छ ।

बाटो भएर यात्रा गर्दा चिसो बातावरणको अनुभव हुने कार्य सराहनीय रहेको स्थानियहरुले बताउछ । आफ्नो कार्यकालमा बैज्ञानिक रुपमा आधुनिक कृषि खेति गर्ने योजना पुरा नभएकोले दुख व्यक्त गर्दै शेख वकिलले अर्को पटक निर्वाचित भए त्यो सपना पुरा गर्ने प्रतिवद्धता जनाए । छात्राहरुलाई विद्यालयमा आउन जान सहज होस् भन्ने उदेश्यले कक्षा ८, ९, १० का ६ सय बालिकालाइ साइकल वितरण गरेको, वडा नम्बर ३, ४, ५, र ९ मा गर्भवती महिलाहरुको लागि बर्थिंग सेन्टर संचालन गराएको जनाए ।

परोहा नगरपालिका १ जिगडवामा जग्गा खरिद गरि अकवर प्रा वि विद्यालयको स्थापना र ४ कोठे भवन निर्माण, आधारभूत विद्यालयलाइ माध्यमिक विद्यालयमा परिणत गरि ६ कोठे भवन निर्माण, वडा नम्बर ४ मा रहेको ब्रहाम्ज्योती माध्यमिक विद्यालयको माथिल्लो तल्लामा ४ कोठे भवन निर्माण, मिल्लत प्रा.वि.को १ कठा १० धुर जग्गा खरिद गरि ४ कोठे भवन निर्माण गरिएको छ । शिक्षाको विकासको लागि सामुदायिक पोखरिया को ३ कोठे भवन, भेडियाहीमा जग्गा खरिद गरि ४ कोठे भवन, वडा नम्बर ६ मा बसन्तपट्टिमा रहेको अन्होतिलाल माध्यमिक विद्यालयको भवन निर्माण गरिएको मेयर वकिलले जानकारी दिएका छन् ।

सरस्वती प्रा.वि बसन्तपट्टिको भवन निर्माण वडा नम्बर ७ मा खाप टोलमा रहेको प्राथमिक विद्यालयको लागि ५ कथा जग्गा खरिद गरिएको छ । त्यसै गरि वडा नम्बर ८ मा नरकटिया नि.मा.वि.लाई माध्यमिक विद्यालयमा परिणत गरि ६ कोठे भवन, वडा नम्बर ९ मा आधारभूत विद्यालयलाइमा वि मा परिणत गरि जग्गा खरिद गरि भवन निर्माणको कार्य जारी रहेको उनले बताए । नगरपालिकाको भवन निर्माणको लागि २६ कठा जग्गा खरिद गरि भवन निर्माणको प्रक्रिया शुरु गरिएको छ भने नगर स्तरीय १० शैयाको अस्पतालको भवन निर्माणको प्रक्रिया अगाडी बढाईएको बताउदै मेयर वकिलले अन्य पालिकाको तुलनामा जनताको चाहना अनुसार विकास निर्माणको कार्य गरेको दावी गरे ।

भेडियाही बजारमा शिब मन्दिर, नुनिया टोलमा सामुदायिक भवन, वडा नम्बर ४ का वडा कार्यालय को लागि ४ कठा जग्गा खरिद गरि वडा कार्यालयको भवन, खाप टोलमा सामुदायिक भवन, दलित हरुको लागि जग्गा खरिद गरि दलित भवन बनाईएको नगरपालिकाका इञ्जिनिएर दिपेन्द्र यादवले जानकारी दिएका छन् । उहाका अनुसार वडा नम्बर ८ मा चारधाम मन्दिर , बैतल बाबाको मन्दिर , ब्रहम स्थान को कम्पौन्द वाल , पोखरियामा छठ घाट निर्माण वडा नमब्र ६ मा वडा कार्यालयको तथा स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ ।भेडियाही , बसन्त पट्टिमा हिन्दु हरुको लागि छठ घाट ,मठ निर्माण गरिएको छ ।

वडा नम्बर ३ को तेजपाकड़मा वडा कार्यालयको भवन , तेजपाकड़ मदरसा मा ४ कोठे भवन ,इदगाह निर्माण , सामुदायिक भवन निर्माण , शिवालय मन्दिर निर्माण , नाला निर्माण सडक ढलानको कार्य गरिएको हो । कृषि कार्यमा किसानलाइ सिचाई गर्न सहयोग पुग्ने उदेश्यले बोरिङ्ग जडान , वितरण ,शुद्ध खाने पानी को लागि हैंड पाइप वितरण गरिएको नगर प्रमुख वकिलले बताए । सडक निर्माणको कार्यमा सहयोग तथा नगरपालिकाको आन्तरिक आयमा सवल बनाउने उदेश्यले नगरपालिकाबाट २ वटा ट्रिपर , १ वटा ग्रेडर , १ वटा रोलर , २ वटा चार पांग्रे सवारी साधन खरिद गरिएको थियो । कर्मचारीको लागि १५ वटा मोटर साइकल समेत खरिद गरेका मेयर वकिलले कोभिड महामारीको बेला गरिव ,विपन्न परिवार लाइ राहत सामग्री वितरण गरिएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here