रौतहट ३० चैत ।। रौतहटको ईशनाथ नगरपालिकाको एक बिद्यालयका प्रधानाध्यापक र उनका सहयोगी ३ लाख रुपैंया घुस सहित पक्राउ परेका छन् । श्री बिशेश्वर प्रसाद कोईराला आदर्श माध्यामिक बिद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र उनका सहयोगी दिपेन्द्र कुमार झा ३ लाख रुपैंया घुस सहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएका अख्तियारको टोलीले दुबै जनालाई घुस सहित रंगेहात पक्राउ गरेको जनाईएको छ ।

जोकहा–घिउरा स्थित रहेको सो बिद्यालयको प्रधानाध्यपक ठाकुर र झाले सोही बिद्यालयमा अध्ययापन गराउने २ जना करार शिक्षकको समयावधी सम्पन्न हुन लाग्दा समयावधी थप गर्नको लागि प्रति व्यक्ति १ लाख ५० हजारको दरले ३ लाख रुपैया घुस मागेको बताईएको छ ।

गोप्य सुचनाको आधारमा सरुअठा चोकबाट दुबै जनालाई पक्राउ गरीएको अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् । उनले प्रारम्भिक मुचुल्का उठाईसकेपछि दुवैलाई आजै अख्तियारको केन्द्रीय कार्यलय टंगाल लैजाने प्रवक्ता जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here