रौतहट २५ चैत ।। रौतहट जिल्लाको बौधिमाई नगर प्रमुख राजीव रंजन यादव द्वारा अजगैबीमा स्वास्थ्य चौकी र विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ । न पा को वडा न . – १ अजगैबी टोलमा एकै दिन दुई शिलान्यास कार्यक्रम नगर प्रमुख यादवको कर-कमलबाट सम्पन्न भएको छ । बौधिमाई नगरपालिकाका नगर प्रमुख तथा जनता समाजवादी पार्टी नेपालको प्रदेश कमिटी सदस्य युवा मेयर राजीव रंजन यादवले आज एक कार्यक्रमका बीच सो शिलान्यास कार्य सम्पन्न गरेका हुन ।

बौधामा स्वास्थ्य सेवा सुनियोजित ढङ्गले संचालन नभएकोले तथा बौधामा रहेको श्री प्रा वि विद्यालयको कक्षा संचालन गर्न अपठयारो भइरहेको अवस्थामा स्वास्थ्य चौकीमा तथा विद्यालयमा दुई कोठे भवनको नगर प्रमुख यादवको अथक प्रयास तथा विषेश पहलमा भवन निर्माण कार्य हुने बताइएको हो । अजगैबी स्थित रहेको स्वास्थ्य चौकी हालको लागि वडा कार्यालय भवनमा संचालनमा रहेको तथा स्वास्थ्य चौकीको भवन निर्माण कार्य अधुरो रहेकोले सम्पूर्ण वडाबासीले पाउनु पर्ने स्वास्थ्य सेवालाई सहज बनाउन तथा बौधा स्थित श्री प्राथमिक बिद्यालयमा भवनको अभावका कारण विद्यार्थीहरुलाई पाठनपाठनमा हुने समस्यालाई सहज बनाउन दुबै ठाउँमा एकै चोटी भवन निर्माणको लागि शिलान्यास गरिएको छ ।

प्रा. वि. बौधामा अघिल्लो शैक्षिक शत्रमा थप कक्षा ६ संचालन गर्न अनुमति दिलाएको नगर प्रमुख युवा मेयरले बताएका छन । स्वास्थ्य र शिक्षाले समग्र समुदायको मुहार फेर्ने आश र बिश्वासका साथ सम्पूर्ण सर्वसाधारण लगायत स्थानियहरुले सहज रुपमा स्वास्थ्य सेवा तथा शिक्षा हासिल गर्न पाउने सबैको अधिकार हुने भएकोले सम्पूर्ण वडाबासीहरुले सहज रुपमा स्वास्थ्य सेवा तथा शिक्षा हासिल गर्न सकोस भनेर स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आफु बिशेष ध्यान दिएको नगर प्रमुख यादवले बताउनु भएको छ।
श्री प्राथमिक विद्यालय बौधाको आयोजकत्वमा समपन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिले नगर प्रमुख सहित अतिथिगणलाई पोशाक सहित गमछा ओढाएर सम्मान गरेका थिए

कार्यक्रममा बौधिमाईनगरपालिकाको निमित्त प्रमुख प्रसाशकीय अधिकृत रामेश्वर राय यादव, योजना शाखा प्रमुख उमेश कुमार झा, पञ्जिकरण शाखा प्रमुख बिक्की जयसवाल, नपाका ओवरसियार, वडा नं .१ अजगैबी बौधाका वडा अध्यक्ष गुदर राय यादव,जनता समाजवादी पार्टीको केंद्रीय सदस्य युवा नेता विवेक यादव, जसपाका युवा नेता तथा कार्यपालिका सदस्य काशीराम पासवान, वडा नं.१ अजगैबीका वडा प्रत्याशी रामजोधी राउत कुर्मी, युवा नेता सिकिन्द्र यादव, युवा नेता प्रमोद कुमार यादव लगायत अजगैबी बौधाका जसपाका नेता कार्यकर्ता, सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here