गजल
प्रटोल डिजेल अभाव कहिले सम्म हो ।
जन्ता लाई मात्र दबाब कहिले सम्म हो ।।
एक पटक खरिद गर्दा डबल नाफा हुन्छ ।
नेप.आयल निगम खराब कहिले सम्म हो ।।
कालोबजारी झन अब माैलान भयो पर्भु ।
जनता हड्डीमा कबाब कहिले सम्म हो ।।
जति नाफा आय पछि घाटा मा देखाउ छ ।
देश र जनताप्रती लगाब कहिले सम्म हो ।।
खाने देखि पिउने सम्म मुल्य बढेको छ ।
नरिसाउने भाउ सराब कहिले सम्म हो ।।
दिपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली नेपाल