सप्तरी १७ चैत ।। लागुऔषध सहित सप्तरीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. १ का २० वर्षीय सुजन नेपाल रहेका प्रहरीले जनाएको छ ।

प्रहरी चौकी फत्तेपुरबाट खटेको प्रहरीको गस्ती टोलीले सप्तकोसी नगरपालिका–९ बस पार्कबाट नेपाललाई लागु औषधसहित पक्राउ परेको हो।

नेपाललाई लागु औषध निट्रोसन आर ८४ चक्की (ट्याब्लेट) बरामद गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here