रौतहट १६ चैत ।। सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । न्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष शपथ लिएका हुन् ।

संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकबाट सर्वसम्मत रुपमा अनुमोदन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।

उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश रहेका श्रेष्ठलाई गत फागुन २६ गते बसेको न्याय परिषद्‌को बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here