काठमाडौँ १६ चैत ।। टिपरको ठक्करबाट काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा दिदीबहिनीको मृत्यु भएको छ । टिपरको ठक्करबाट ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको मृत्यु भएको हो ।

बुधबार बिहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीय विनय सिम्खडाले जानकारी दिए ।

बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बुवा रोहनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको छ ।

दुर्घटनापछि टिपर चालक फरार भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here