सर्लाही १३ चैत ।। मधेश प्रदेशको सर्लाही जिल्लामा बस खोलामा खस्दा चारजनाको मृत्यु भएको छ । आइतवार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएका छन् । बसमा सवार २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रारम्भिक जानकारी आएको छ ।

वीरगन्जबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस फुलजोर खोलाको बार भत्काउँदै खोलामा खस्दा दुर्घटना भएको हो । गुडिरहेको बस एक्कासि खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाउनेहरुको अहिले सनाखत हुन सकेको छैन् । दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here