रौतहट १२ चैत ।। रौतहट जिल्लाको चर्चित राजदेवी नगरपालिका वडा न. ७ मुडवलवामा जनता समाजवादी पार्टीका कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सभ्य एवं भब्य रुपमा भएको छ । तत्कालिन न. क. पा. एमाले बाट निर्वाचित र बिभाजन पश्चचात नेकपा एकीकृत समाजवादीमा लागेका वर्तमान वडा अध्यक्ष संजय प्रसाद यादवको निजी निवास प्रसङ्गमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम भएको छ ।

मधेश प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्रि योगेन्द्र यादवले रौतहट जिल्लामा जनता समाजवादी पार्टी नेपाल नै अगाडी रहने दावी गरेका छन ! उनले मधेशी जनताको हक अधिकार को लडाई लड्ने एक मात्र पार्टी जसपा नेपाल रहेकोले जसपाको विकल्प न रहेको बताए ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा वडा नम्बर ७ मुडवालबामा वडा कमिटिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सम्वोधन गर्दै राज्य मन्त्रि यादवले राजदेवी नगरपालिका मा जसपाको नेतृत्वमा नै स्थानीय सरकारको गठन हुने ठोकुवा गरे । नेपाली कांग्रेसबाट जितेका मेयरले पारदर्शी ढंग बाट कम नगरी बजेटको बढी दुरुपयोग गरेको आलोचना गर्दै भ्रस्टाचार विरुद्ध जनता समाजवादी पार्टी रहेकोले जसपाको उम्मेदवार नै विजयी हुने दृढता व्यक्त गरे ।

केन्द्रिय सदस्य रेवन्त झा ले मधेशी जनताको हक अधिकार दिलाउने एक मात्र पार्टी जसपा नेपाल रहेको ले आउदो निर्वाचनमा जसपा पार्टीका उम्मेदवारहरुलाई आमुल्य मत दिएर विजयी गराउन अपिल गरे । गौर नगरपालिकाका नगर उप प्रमुख किरण कुमारी ठाकुरले शासक वर्गका नेतृत्व भएको नेपाली कांग्रेस , नेकपा एमाले , नेकपा माओवादी केन्द्र पार्टीले मधेशी जनतालाइ शोषित गरेकोले त्यस्ता पार्टीको नेताको प्रलोभनमा नपर्न आग्रह गरे ।

जनता समाजवादी पार्टी नेपालका तर्फबाट मेयर प्रत्यासी रामेश्वर प्रसाद यादवले राजदेवी नगरपालिका मा विगत ५ बर्षमा अर्बौको भ्रस्टाचार गरेका मेयरलाइ हराउनु पर्ने बताएका छन् । उहाले विकासको नाउमा मेयर धिरेन्द्र सिंहले राज्यको रकम दोहन समेत गरेको आरोप लगाए ।
निर्वाचन नजिकदै गएको मौका छोपेर मतदातालाइ आफ्नो तर्फमा रिझाउनको लागि हैंड पाइप धमाधम वितरण गरिरहेको टिप्पणी गरे ! मतदाताहरुलाई प्रलोभनमा नपरी विकाश गर्ने र शिक्षित व्यक्तिलाई आफ्नो प्रतिनिधि छनौट गर्न आग्रह गरे ।

धेरै दिन देखि राजनीतिकमा रहेर जनताको सेवा गर्दै आएको बताउदै यादवले भने म सित पटक पटक धोखा भएकोले यस पाली आफ्नो बहुमुल्य मत दिएर निर्वाचित गरिदिनु । कहिले पार्टी त कहिले समर्थकबाट धोखा खाएको उहाको भनाइ रहेको छ । ७० वर्ष हुन् लागेकोले यो निर्वाचन नै अन्तिम भएकोले नगर प्रमुखमा विजयी गराई सपना साकार गर्नमा मदत गर्न नगरवासी सित आपिल गरे ।

राज्य मन्त्रि यादवको प्रमुख अतिथ्य र हरेन्द्र प्रसाद यादवको सभापतित्वमा भएको सो कार्यक्रममा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भै माधव नेपाल नेतृत्वको नेकपा एस को पक्षमा हस्ताक्षर गरेका वडा अध्यक्ष संजय कुमार यादवले पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा आफ्ना समर्थक कार्यकर्ताहरु सहित प्रवेश गरेका छन् । नव प्रबेशिहरुलाई राज्य मन्त्रि यादवले टिका लगाई स्वागत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here