गजल

शिर्षक -पेट्रोल हाहाकार हुन्छ

हुनत त आफ्नो आफ्नो विचार हुन्छ ।

नेपालमा मात्र किन धेरै भष्टाचार हुन्छ ।।

अरू देशमा पनी त रेल गाडी चल्छन ।

तर हाम्रो देशमा पेट्रोल हाहाकार हुन्छ ।।

मुल्य बढाउनु को पनि सिमा हुन्छ ।

पर्भु जाबो नुन पनि महङ्गो याहाँ बजार हुन्छ ।।

जस्ले सिंगापुरमा पनि घर किन्न सक्छ ।

फेरि उसैलाई पैसाको हाहाकार हुन्छ ।।

देश हाक्ने नेताहरू बुढा बुढा मात्र याहाँ ।

पढे लेखेका युवा सधै खाडी कतार हुन्छन ।।

दिपक संगम विश्वकर्मा टीकापुर कैलाली नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here