रौतहट २७ फागुन ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मुडवालबामा रहेको नेमधारी बासुदेव नमुना विद्यालयमा जनता समाजबादी पार्टी नेपाल द्वारा होलि मिलन तथा सास्कृतिक समरोह सभ्य एवं भब्य रुपमा मनाईएको छ । हिन्दुहरुको पर्व होलिको अवसरमा जनता समाजबादी पार्टी नेपाल राजदेवी नगर कमिटि द्वारा शुक्रवार राजदेवी नगरपालिका ७ मुडवालबामा रहेको नेमधारी बासुदेव नमुना विद्यालयमा आयोजित होलि मिलन तथा सास्कृतिक समरोहमा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै मधेश प्रदेश सरकारका कृषि भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्रि योगेन्द्र यादवले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेकपा एमालेका नेता प्रभु साहलाइ पहाडको कुनै जिल्लाबाट उम्मेदवारी दिएर जितेर देखाउन खुल्ला रुपमा चुनौती दिएका छन् । राज्य मन्त्रि यादवले मधेश विरोधी राजनीतिक दलका मधेशी समुदायका नेताको रुपमा रहेका प्रभु साह , विमलेन्द्र निधि , कृष्ण यादव लगायतका नेतालाई हिम्मत छ भने पहाड र हिमालका कुनै पनि जिल्लाबाट जितेर देखाई दिन चुनौती दिए ।

मधेश विद्रोहका उपज मधेशी जनताको पहिचान स्थापना भएको भन्दै राज्य मन्त्रि यादवले धोति गम्छा सहितको प्रदेश मधेश प्रदेश रहेको र यसको देन उपेन्द्र यादवको रहेको जिकिर गरे । उहाले भने अहिले विभिन्न जात जातिको आरक्षण मिल्नुमा जनता समाजवादी पार्टीको योगदान रहेको छ । नेपाली कांग्रेस ,नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मधेशी जनतालाइ पटक पटक धोखा दिने गरेको उल्लेख गर्दै आहिले पनि सड्यन्त्र कायम नै रहेको आरोप लगाए ।

आउदो स्थानीय तहको निर्वाचनमा राजदेवी नगरपालिकामा मेयर प्रत्यासी रामेश्वर प्रसाद यादवको नेतृत्वमा जसपाको सरकार बन्ने ठोकुवा गरे । छोरा छोरीको विचमा कायम रहेको विभेद असमानतालाइ हटाएर समानता कायम गर्ने उदेश्यले मधेश प्रदेश सरकारले छोरी विमा र साइकल वितरणको कार्यक्रम ल्याएको बताए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रेवन्त झाले मधेशी जनताको अधिकारको लागि अघि बढेका जनता समाजवादी पार्टीलाइ कम्जोर पर्ने राष्ट्रिय दलले सड्यन्त्र गरेको बताए ।

मधेशको अधिकार नदिने सोच बनाएका पार्टीका नेताले जसपा बिभाजन हुदै छ भन्ने भ्रम फैलाउने कार्य समेत गरेको टिप्पणी गरे । लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु सद्यान्त्रकारीको जालमा फसे पनि जसपा केन्द्रिय अध्यक्ष उपेन्द्र यादव , बरिस्ठ नेता डाक्टर बाबुराम भट्टराई अशोक राइ आफ्नो पार्टीलाइ एकताबद्ध गरेर अघि बढ्ने दृढता माथि कायम नै रहेकोले मधेश र मधेशी जनताको मुक्ति दिलाउने एक मात्र पार्टी जसपा नै रहेको दावी गरे ।

केन्द्रिय सदस्य एवं गौर नगरपालिकाका उपमेयर तथा आउदो निर्वाचनमा मेयरका प्रत्यासी किरण कुमारी ठाकुरले जनता समाजवादी पार्टी मधेशी जनताको लागि एक मात्र विकल्प रहेको बताईन । उहाले जसपाका उम्मेदवारलाइ मत दिएर निर्वाचित गराउन सवै संग अपिल गरे । पुर्व संविधान सभा सदस्य रम्भा देवीले मधेश आन्दोलनको कारण मधेशी ,आदिवासी ,जनजाती ,थारु ,मुस्लिम ,महिला अपांग ,अल्पसंख्यकहरुको पहिचान स्थापित भएको जिकिर गरिन ।

नगर अध्यक्ष एवं मेयर प्रत्यासी रामेश्वर प्रसाद यादवले राजदेवी नगरपालिकालाइ भ्रस्टाचार मुक्त बनाउनका लागि जसपाको विकल्प नरहेको बताए । जनताको सुख दुखमा निरन्तर रुपमा सहयोग गर्दै आएको र भविष्यमा पनि गर्दै जाने प्रतिवद्धता समेत जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here