रौतहट २७ फागुन ।। रौतहट जिल्लाको बौधिमाई नगरपालिका – ४ ईनरवारी मा मधेश प्रदेश रौतहट क्षेत्र नम्बर २ (ख) को प्रदेश संसाद एवं जनता समाजवादि पार्टी को केन्द्रिय सदस्य रामकिशोर प्रसाद यादवको करकमलबाट १५ शैया आधारभूत अस्पताल भवनको शिलान्यास उपहार स्वरूप सभ्य एवं भब्य रुपमा सु-सम्पन्न भएको हो । बौधिमाई नगरपालिकाको नगर प्रमुख राजिव रंजन उर्फ राजु यादवको बिषेशपहल र अथक प्रयासले १५ शैया आधारभूत अस्पताल भवनको निर्माण हुने भएको छ ।

बौधिमाई नगरवासीको लागि १७२,३५३,३१४.७३ को लागतमा २०८० साल माघ महिना भित्र अस्पताल भवनको निर्माण हुने ठेक रहेको नगर प्रमुख यादवले कोशीला खबर लाई बताएका छन् । ठेकदारका अनुसार समय अवधि भन्दा पहिला नै अस्पताल भवनको निर्माण हुने जोड दिएका छन् ।

शिलान्यास कार्यक्रम नगर प्रमुख यादवको अध्यक्षातामा बिधिपुर्वक भुमि पुजन गरि गरिएको छ । शिलान्यास सम्बोधन तथा सुभकामना मधेश प्रदेश रौतहट क्षेत्र नम्बर २ (ख) को प्रदेश संसाद रामकिशोर प्रसाद यादवले पानसमा दिप प्रज्वलन,रास्ट्रगान, सहिदहरु प्रति मौनधारण गरि सुरुवात गरेका थिए ।

निर्माण हुन् लागेको १५ शैया आधारभूत अस्पताल भवनको जग्गा श्री राम जानकी मठले दान स्वरूप दिएका जानकारी गराएका छन् । कार्यक्रममा प्रमुख अतिथि , विशिष्ठ अतिथि , स्वास्थ्य कर्मी , महिला स्वास्थ्य सेविकाहरुलाई बौधिमाई नगरपालिका नगर प्रमुख यादव द्वारा सम्मानित गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहट प्रमुख , जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुख बिनोध घिमिरे ,स्वास्थ्य कार्यालय रौतहतका प्रमुख , जिल्ला समन्वय समितिका सभापति रामएकवाल राय यादव ,जसपा केन्द्रिय सदस्य विवेक यादव , नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेम चन्द्र झा, बौधिमाई नगरपालिका नि प्र .प्र . रामेश्वर यादव , लेखपाल अरविन्द यादव , अस्पतालको कर्मचारी लगाएत समाजसेवी, बुध्जिवी गाउका भर्भाला आदमी ,संचारकर्मी, सुरक्षाकर्मी, जानसमुदाय उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण लाखिंदर यादवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here