काठमाडौँ १४ फागुन ।। आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार २ सय ३१ म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको संख्यामा म्यादी प्रहरी भर्ना गरिए तलब/भत्ता र खाजामा करिब ७ अर्ब रुपैयाँ खर्च हुनेछ । आगामी वैशाख ३० मा हुने चुनावमा प्रहरीले सेना, प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अलावा ५० दिनका लागि म्यादी प्रहरी भर्ना गर्नुपर्ने गरी निर्वाचन सुरक्षा कार्ययोजनाको मस्यौदा तयार गरेर गृह मन्त्रालयमा बुझाएको छ ।

एकै चरणमा निर्वाचन गर्नुपर्दा चारवटै सुरक्षा निकायबाट मात्रै सुरक्षा व्यवस्थापन गर्न कठिन भएकालगे यस पटक म्यादीको संख्या बढ्न सक्ने देखिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने । म्यादी प्रहरीका लागि प्रहरी जवानसरह तलब र जनही ४ हजार ५ सय रुपैयाँ पोसाक खर्च उपलब्ध गराउनुपर्ने भनिएको छ । जवानको तलब करिब २३ हजार हुन्छ ।

म्यादीका लागि जवानसरह पारिश्रमिक दिँदा प्रस्तावित संख्याका लागि मासिक एकमुष्ट २ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी बजेट चाहिन्छ । ५० दिनका लागि करिब ५ अर्ब रुपैयाँ तलबमा मात्रै खर्च हुनेछ । यातायात खर्चबापत प्रतिव्यक्ति छुट्टै १ हजार रुपैयाँ दिनुपर्ने प्रस्ताव छ । २०७४ को स्थानीय चुनावमा म्यादी प्रहरीलाई पोसाक खर्च मासिक ४ हजार रुपैयाँ उपलब्ध गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here