रौतहट ०६ फागुन ।। रौतहत जिल्लाको दुर्गा भगवती गाँउपालिकामा सवारी दुर्घटनामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार एकजनाको मृत्यु भएको छ । जिल्लाको दुर्गा भगवती गाँउपालिका वडा नं. २ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको अहिले सनाखत हुन सकेको छैन् ।

पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालकको उपचारको क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको हो । दुर्घटना पश्चात ट्रयाक्टर चालक भने फरार भएका छन् । फारार भएका चालकको खोजी तलाश भइरहेको ईलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here