गजल शिर्षक -लकडाउन खोल्न मिल्दैन

भन्छन यो सरकार ढल्न मिल्दैन

कोहि भन्छन संसद चल्न मिल्दैन

भारत ले लिपु लेग सडक बनायो

मन्त्री भन्छन हामी बोल्न मिल्दैन

तेल ग्यास ,प्रेटोल मुल्य बढायर

भन्छन बजार अझै खोल्न मिल्दैन

राज्य को सम्पति लुटि स्वाहा बनाय

जस्लाई तेल मोसो दल्न मिल्दैन

आफ्नो छोराछोरी विदेश पठायर

नेता भन्छ प्राईभेट पठाउन मिल्दैन

कार्यालय खोलि कर दबार लिन्छ

भन्छन लकडाउन खोल्न मिल्दैन

पुर्खाले आर्जे को देश हो मेरो नेपाल होस

गर भातर सिमा थिच्न मिल्दैन

दिपक संगम विश्ववकर्मा टीकापुर,कैलाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here