रौतहट ५ माघ ।। हनुमत कु . यादव ।। बलिदानी दिवसको अवसरमा संघीय युवा समाजवादी संघ रौतहट द्धारा आयोजित कार्यक्रममा सम्बोधन गर्न पुगेकी भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणु यादवलाई कालो झन्डा देखाउने डा. सी के राउत नेतृत्वका जनमत पार्टीका ५ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । मन्त्री यादवलाई सदरमुकाम गौरमा कार्यक्रम गर्न नदिन जनमत पार्टीका नेता कार्यकर्ताहरु जिल्लाको मुख्य सडकको रुपमा रहेको बिरेन्द्र राजमार्ग अन्तर्गत चौक चौकमा तैनाथ भएका थिए ।

मधेश र देशको किसानहरुको लागि केही सप्ताह अगाडी देखि जनमत पार्टीको नेतृत्वमा ठाउँ ठाउँमा किसानको विभिन्न समस्या लिएर गाउँ, टोल, शहर, बजार र सदरमुकाममा आन्दोलन गरिरहेको छ । जनमतको पूर्वनिर्धारित कार्यक्रम किसानहरुको माग सरकारले सम्बोधन नगरे सम्म मधेशको कुनै पनि जिल्ला संघीय सरकारको मन्त्रीहरुको कार्यक्रम गर्न नदिने चेतावनी नै सार्वजनिक गरेको थियो । तर आज मधेश जनबिद्रोह माघ ५ गतेका दिन प्रथम मधेश सहिद रमेश महतो भएको दिनको रुपमा निचिएको हो ।

मधेशी जनताको हकअधिकारको लागि आन्दोलनको बिगुल फुकिएको आज १५ बर्ष पुगेको छ । बलिदानी दिवसको अवसरमा सहिद परिवारलाई सम्मान तथा सोक सम्बेदना कार्यक्रमको आयोजनामा सहभागी हुन आएको संघीय मन्त्री यादवलाई कार्यक्रम स्थलमा पुग्न नदिन सडकमा जनमतका कार्यकर्ताहरु तैनात रही नारा जुलुस गरिरेहको क्रममा सदरमुकाम गौरमा ५ जना कार्यकर्ता पक्राउ परेका छन भन्ने एक जना समान्य घाइते भएका छन् ।

गरुडा नगरपालिकासम्म पुगिसकेकी मन्त्री यादवको बिरोध गर्न र कालो झण्डा देखाउन सयौंको संख्यामा जनमतका कार्यकर्ता जम्मा भएका छन् । जनमत पार्टीका केन्दीय सदस्य ललित मलिक सानुले किसानको पहिचान लाठ्ठी, हातमा कालो कपडा लिएर मन्त्री यादवको बिरोध गरिरहेको अवस्थामा पक्राउ गरेका बताए ।

यसैबिच जिल्ला प्रहरी कार्यालय रौतहटले गौरबाट जनमत पार्टीका केन्द्रिय सदस्य असोश सिंह, जिल्ला नेता बिवेक झा, जोखन साह र साह आलम सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here