काठमाडौँ १० असोज । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का दम्पती कोरोना संक्रमण पुष्टि भएको छ । खड्काले आज (आइतबार) सामाजिक सञ्जालमा त्वीटर मार्फत कोरोना पोजिटिभ भएको जानकारी गराएका हुन् ।

दुई दिनअघिदेखि ज्वरो–खोकीको समस्यामा रहेका उनले आज परीक्षण गराएको जनाएका छन् । उनले लेखेका छन्, ८ गते ४ बजे देखि ज्वराे खाेकि सुरु भएकाे, आज १० गते एन्टिजिन र PCR परिक्षण गराउँदा दुबैमा पाेजेटिभ। धेरै सतर्कताका बाबजुद अन्ततः काेभिडले घेरि छाेड्याे । ८ गते ४ बजे सम्म मेराे सम्पर्कमा रहनु भएका सबैमा सतर्कताकाे लागि अनुराेध । खड्का दम्पती संक्रमित भएसँगै काँग्रेस सभापति शेर बहादूर देउवा पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here